सुचना, समाचार र मनोरन्जन
Sarangi

‘एक्टर : टेक वन’को प्रदर्शन मिति अचानक हेरफेर

काठमाडौं :

यहि कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वन’ अचानक प्रदर्शन रोकिएको छ। निर्माण टिमले बिहिबार एक प्रेसविज्ञप्ती जारी गर्दै फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ।
अब फिल्म आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने छ।

अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको फिल्म ‘एक्टर ः टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। पूर्व निर्धारित मिति कार्तिक १५ मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो।

निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ। फिल्मको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्‍याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो।

निर्माण पक्षले यो निर्णयले वितरक, फिल्म प्रेमी दर्शकहरू, र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली फिल्मलाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको छ।

‘एक्टर ः टेक वन’ लाई थप उत्कृष्ट रूपमा निर्माण गर्न आवश्यक समय लाग्ने जानकारी गराउँदै, निर्माण टिमले दर्शकहरूको माया र समर्थनको कदर गरेको छ।

यस फिल्मका निर्माता थमन कुमार भण्डारी (अदृत फिल्मस्) र मोती कार्की (मोती फिल्मस्)ले जय ‘एक्टर : टेक वन’ र जय नेपाली सिनेमा भन्दै चलचित्र प्रेमी दर्शकहरूलाई धन्यवाद व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.