काठमाडौं :
दीपावलीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पुर्ण बहादुरको साराङ्गी’हाउसफुल बनेको छ। बलिउडका दुई ठूला फ्रेन्चाइज फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’लाई पछि पार्दै नेपाली बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेको हो। प्रदर्शनको समयमा कम शो पाएको यो फिल्मले केहि दिन यता सानदारका साथ शो बढाएको छ।
सहायक भुमिकामा अभिनय गर्दै आएका विजय बरालको हाइप पनि फिल्मले ह्वात्तै बढाएको छ। अधिकांश फिल्ममा सहायक भुमिकामा जमेका विजयले यो फिल्मबाट मुख्य भुमिकामा अभिनय गरेका हुन्। उनका अलवा यो फिल्ममा अन्जना बराईली,बुद्धि तामाङ,प्रकाश सपुत,मुकुन भुसाल लगायतको अभिनय रहेको छ। यसअघि प्रकाशले फिल्म ‘परदेशी २’मा अभिनय गरेका थिए। उनको यो डेब्यु फिल्म थियो र सफल पनि भयो। सरोज पौडेलको निर्देशन रहेको यो फिल्मलाई विनोद पौडेल लगायतको टिमले निर्माण गरेको हो।