सुचना, समाचार र मनोरन्जन

आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामै गरिदै

काठमाडौं :

आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम वर्षिक साधारण सभा यही आगामी माघ २१ गते हुने भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यमा कलम चलाउने गीतकारहरुको सामुहिक संस्था ूआप्रवासी नेपाली गीतकार संघको सभा अमेरिकाको ओहायो राज्यमा हुने भएको हो।

संघका अनुसार उक्त दिन ज्ञान र विद्याकी देबी सरस्वतीको उपासना गर्ने दिन सरस्वति पूजा परेकोले हरेक वर्ष संघको वार्षिक अधिवेशन यसै दिनलाई तोकिदै आएको छ। नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका सम्भव भएसम्म सबै सर्जकहरुको उपस्थितिको अपेक्षा गरिएको उक्त समारोहमा विभिन्न साहित्य सम्बन्धि महत्वपूर्ण चर्चापरिचर्चा सहित सांस्कृतिक एवं साहित्यिक कार्यक्रमहरु संचालन गरिने पनि संघले जानकारी दिएको छ।

सोही दिन केहि नयाँ कृतिहरुको लोकार्पण पनि गरिने संघका अध्यक्ष हरि उप्रेतीले बताए।संघको यो प्रथम कार्यक्रम भएकोले यसलाई सकेसम्म भव्य र सभ्य बनाउन उत्तर अमेरिकामा रहेका सबै गीतकार,साहित्यकार एवं संगीत कलाकर्मी सर्जकहरुबाट ठूलो संख्यामा सहभागिता गराउने प्रयासमा भइरहेको संघका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले बताए। उनका अनुसार यो कार्यक्रम अमेरिकाको ओहायो राज्यको रेनल्डसबर्ग शहरमा हुनेछ।

Leave A Reply

Your email address will not be published.