काठमाडौं :
गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङ्गमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनले हालै युटुबमार्फत गीतको भिडियो रिलिज गरेका हुन्।
दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका गायक छन्त्याल यस भिडियोबाट पनि उस्तै माया पाउने आशमा रहेका छन्। गीतमा उनको आफ्नै शब्द रचना रहेको छ भने गायनमा उनलाई तिर्सना घर्ती मगरले साथ दिएकी छन्। गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ। गीतलाई सुजन म्युजिकल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
शिवान पोखरेलको निर्देशनमा बनेको यो गीतको भिडियोमा उनी आफैले अभिनय गरेका छन्। उनका साथमा अस्मिता राना, सारिका के सी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओलि,भिम के सि लगायतको अभिनय रहेको छ। भिडियोको छाँयाकन, सम्पादन ओम प्रसाई, मेकअप राकेश रानापहालीको रहेको छ।