काठमाडौं :
अभिनेत्री तथा निर्माता नीता ढुङ्गाना अधिकारी र हरिहर अधिकारीको एउटा ठुलो सपना थियो। त्यो सपना हो आफुले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को ओटीटी र स्याटेलाइट (टिभी) राइट्स भारतीय कम्पनी जी–नेटवर्कमा बिक्री गर्नु। त्यहाँ बिक्री भइसकेपछि विश्व बजारमा आफ्नो फिल्ममार्फत नेपाली फिल्म र आफ्नो अभिनय प्रदर्शन गर्नु। त्यो सपना उनीहरुले हिजोबाट पुरा गरेका छन्।
ओटीटी र स्याटेलाइट (टिभी) राइट्स भारतीय कम्पनी जी–नेटवर्कमा बिक्री खरिद गरेपछि नीता र हरिहरको सपना पुरा भएको हो। बुधबार फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी–नेटवर्कका अधिकारीले दुईवटा राइट्सको खरिद सम्झौता गरेको जनाएका छन्। नीता र हरिहरले सामाजिक सञ्जाल फेसबुकमार्फत केहि तस्विर सार्वजनिक गर्दै आफ्नो सपना पुरा भएको उल्लेख गरेका छन्।
नीता र हरिहर जापानमा फिल्मको प्रदर्शन सकाएर भारत पुगेका थिए। सोही समयमा मुम्बईस्थित जी–नेटवर्कको मुख्यालय पुगेका थिए। नीता र हरिहरलाई सघाउनका लागि ‘ह्रस्व दीर्घ’का छायाँकार कवीरलाल पनि साथैमा पुगेका छन्। बलिउडका प्रख्यात छायाँकार समेत रहेका कवीरलाल जी–नेटवर्कमा फिल्मको ओटीटी र स्याटेलाइट राइट्स बिक्री गराउन नीता र हरिहरलाई ठूलो भूमिका खेलेको बुझिन्छ।
गत कार्तिक ३० गतेबाट नेपालभर प्रदर्शनमा आएको यो फिल्मले आफ्नो लगानी सुरक्षित गरिसकेको छ। यस फिल्ममा भारतिय कलाकार ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको अभिनय रहेको छ। नेपाली कलाकारहरु नीता र हरिहरसहित विपना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, किरण केसी,आदर्श मिश्र,लक्ष्मी पौडेल लगायतले अभिनय गरेका छन्। चन्द्र पन्तको निर्देशन रहेको यस फिल्ममा