सुचना, समाचार र मनोरन्जन

आश्चर्य र रमाइलो देखाउने ‘लाज शरणम्’का तीन पोस्टर

काठमाडौं :

फिल्म ‘लाज शरणम्’को एक साथ तीन पोस्टर सार्वजनिक गरिएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले बुधबार फिल्मका तीन पोस्टर सार्वजनिक गरेको हो।

निर्माण टिमले सार्वजनिक गरिएका पोस्टरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई अटाउने प्रयास गरेका छन्। एउटा पोस्टरमा कफिनभित्र हरिश निरौला, विजय बराल,सागर लम्साल र अर्जुन घिमिरे रहेका छन्। कफिन भित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन्। यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ।

दोस्रो पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन्। उसको तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ। सुनको विष्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ। उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ। यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ।

अर्को पोस्टरमा हरिश र विजयलाई राखिएका छन् । जहाँ हरिशको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शङ्ख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको होकी भन्ने अनुमान गर्न सकिन्छ। पोस्टरमा पाँच जना कलाकार फिचर्ड जसमा चार जना चिनिए पनि एक जना प्रष्ट रुपमा चिनिँदैन।

गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ले कथा भन्ने पोस्टरले संकेत गरेको छ। तर, प्रष्ट रूपमा कथा के हो भन्ने खुलाएको छैन। यो फिल्म महाशिवरात्रिको अवसर पारेर अर्थात फागुन १४ गतेबाट प्रदर्शन गरिने कलाकार अर्जुन घिमिरेले जानकारी दिएका छन्। सक्किगोनी टिमका लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री ब्रो)ले फिल्मलाई निर्देशन गरेका छन्।

फिल्ममा विजय,हरिश,अर्जुनसागरका अलवा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ। सुदीप बरालले छायांकन गरेको यो फिल्म जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको हो।

यस फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेको यो फिल्मलाई ‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ । सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ। वितरण कम्पनीका प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम्’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना छ ।

सुवेदीले ‘लाज शरणम्’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिएका छन्। कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् । नेपालमा भने सिनेमालाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.