सुचना, समाचार र मनोरन्जन

प्रियंका, रेखा र रोहिणीद्वारा बाटिका क्रियसनको उद्घाटन

काठमाडौँ :

अभिनेत्री प्रियंका कार्की, गायिका रेखा शाह र लेखक एवम् नेपाली खाना बिज्ञ रोहिणी राणाले बाटिका क्रियसन बुटिकको उद्घाटन गरेका छन्। शनिवार अभिनेत्री प्रियंका, गायिका रेखा र नेपाल खाना बिज्ञ रोहिणीले यो बुटिकको रिबन काटेर उद्घाटन गरेका हुन्। यो बुटिकलाई मिसेस् हिमालयन नेपाल तथा फेशन व्यवसायी गोमा अधिकारी धितालले स्थापनासँगै सञ्चालन गर्दै आएकी छन्।

अभिनेत्री प्रियंका कार्कीले आफूले चाहे अनुसारका विभिन्न शैली र डिजाइनका पहिरन बाटिका क्रियसन बुटिकमा रहेकाले आफूले पनि बाटिका क्रियसनको पहिरन प्रयोग गर्ने बताइन् । सबै प्रकारका पहिरन एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्य सहित स्थापित बाटिकाको सफलताको लागि प्रियंकाले गोमालाई शुभकामना दिइन्।

फिल्म, म्युजिक भिडियोको छायांकन तथा विभिन्न समारोहमा अतिथिको रूपमा सहभागी हुन तुरुन्तै कपडा चाहिने हुँदा त्यस्ता कपडा बाटिका क्रियसनबाट आफूलाई सहजै उपलब्ध हुने विश्वास पनि नायिका प्रियंकाले व्यक्त गरिन्। यस्तै गायिका रेखा शाहले लामो समयदेखि आफूले बाटिका क्रियसन बुटिकका पहिरनहरू प्रयोग गर्दै आएको बताइन्।

बुटिकको उद्घाटनमा गोमालाई सफलताको शुभकामना दिँदै रेखाले बाटिकाको पहिरन नेपालका अन्य बुटिकको तुलनामा सस्तोसँगै गुणस्तरिय भएको पनि जिकिर गरिन्। आफूले विभिन्न म्युजिक भिडियो देखि पार्टीहरुमा पनि बाटिक क्रियसनकै पहिरन प्रयोग गर्दै आएको पनि गायिका रेखा शाहले बताइन्। लेखक एवम् नेपाली खाना बिज्ञ रोहिणी राणाले काठमाडौँको थापा गाउँमा रहेका बाटिका क्रियसन बुटिक फेसनेवलहरुका लागि राम्रो बुटिक हुने बताइन्।

आफूले पनि बाटिका क्रियसनको पहिरन प्रयोग गर्दै आएको उनले बताइन्। बाटिका क्रियसनलाई बृहत रूपमा सञ्चालनमा ल्याएकोमा रोहिणीले गोमालाई शुभकामना दिइन्। नेपाली सेनाको प्राविधिक क्षेत्रमा लामो समय योगदान दिएर अवकाश प्राप्त भएपछि फेशन व्यवसायमा लागेर गोमाले फरक परिचय बनाएको भन्दै नेपाली सैनिक महिला संघकी पूर्व अध्यक्ष रोहिणीले खुसी व्यक्त गरिन्।

Leave A Reply

Your email address will not be published.