Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘सम्झेर प्यार’ गजल सार्वजनिक : आरजु गिरीको शब्दमा प्रेम र समर्पणको गहिरो अनुभूति
- ‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक : राजेश हमाल–करुना राइको जोडी फेरि चर्चामा
- ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक, विपीन–केकीको प्रेमकथा प्रस्तुत
- ‘कमेडी नाइट विथ च्याम्पियन्स’ दोस्रो सिजनमा प्रवेश, ५४औँ एपिसोडबाट च्याप्टर–२ सुरु
- ‘रोल नं १’को टिजर सार्वजनिक : गरिब विद्यार्थीको पीडा र सपना बोकेको कथा
- राहदानी सेवाग्राहीका घरमा पुर्याउँदै चितवन प्रशासन
- राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
- वर्षापछि काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार
- प्रेम थापालाई आईएचआई फोटो जर्नलिस्ट एप्रिसिएसन अवार्ड
- मध्यपूर्व तनाव चर्किँदा तेलदेखि कूटनीतिसम्म असर
दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक
काठमाडौं :
निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ।
मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ । आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ । प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको टसन पनि ट्रेलरमा हेर्न पाइन्छ।
आगामी चैत १ गतेबाट प्रदर्शन आउने सिनेमामा आशार दयाहाङसहित विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ। सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ।
यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्। यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन्।