सुचना, समाचार र मनोरन्जन

जनकपुरबाट एउटा पाङ्ग्राविनै आएको बुद्ध एअरको विमान काठमाडौं सकुशल अवतरण

काठमाडौं/

जनकपुरबाट आएको बुद्ध एअरको एउटा विमान पाङ्ग्राविना नै काठमाडौंमा सकुशल अवतरण गरेको छ ।

हिजो दिउँसो जनकपुरबाट काठमाण्डौका लागि आएको विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्राविना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।’

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाण्डौ उडान नम्बर ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाण्डौमा सुरक्षित अवतरण गरेको बताउनुभयो । ‘

Leave A Reply

Your email address will not be published.