पोखरा/
टेवान पोखराले तनहुँको बन्दीपुरमा ‘गन्तव्य प्रवर्द्धन एवं परिचयात्मक’ कार्यक्रम सम्पन्न गरेको छ । पोखराको पर्यटन प्रवर्द्धन एवं प्रचार गर्ने उद्धेश्यले पर्यटन व्यवसायी महिला सघंको सोमबार पोखराबाट गएको टोलीले बन्दीपुरमा स्थानिय सरकार र पर्यटनसँग सम्वद्ध विभिन्न सघंसस्थाहरुसँग प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो ।

बन्दीपुर गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले पोखराबाट पुगेको टोलीलाई स्वागत गर्दै बन्दीपुरमा रहेका धार्मिक एवं पर्यटकीय स्थलहरुको भ्रमणसङै अवलोकन गरिदिन आग्रह गरिन । उनले पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई शहरका व्यवसायीहरु हातेमालो गरेर एकाअपसमा मिलेर जानसके पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन सकिने बताइन । उपाध्यक्ष गुरुङले बन्दीपुरको पर्यटन प्रवद्धन गर्ने उद्धेश्यले बन्दीपुर भ्रमण वर्ष २०२५ संचालन गरिएको जानकारी दिदै बन्दीपुरमा पर्यटकको बसाई लम्याउन स्थानिय सरकार र निजी क्षेत्र मिलेर विभिन्न कार्यक्रमहरु संचालन गरिएको सुनाइन ।

कार्यक्रममा बन्दीपुर भ्रमण वर्ष २०२५ का सम्योजक वैंश बहादुर गुरुङले २०औ वर्ष अघि गरिएको परिकल्पनालाई महसुस गरेर गाउपालिकाले भ्रमण वर्ष २०२५ घोषणा गरेको बताउदै भ्रमण वर्ष सफल बनाउन आफुहरु लागिपरेको बताए । उनले भ्रमण वर्षको टिम , विभिन्न सघंसस्था र स्थानिय सरकार एकजुट भएर बन्दीपुरलाई देश बिदेशमा चिनाउन लागिपरेको सुनाए । यो भ्रमण वर्षकै माध्यमबाट आगामी वर्षहरुमा पर्यटक भित्र्याउन सकिनेमा आफुहरु आशावादी रहेको उनको भनाई थियो । उनले सबैले छोडेर गएपछि रित्तिएको बन्दीपुरलाई पर्यटकीय बन्दीपुर बनाउन अग्रजहरुले गरेको योगदानको बारेमा चर्चा गरेका थिए । उनले नेपाली नयाँ वर्षमा विशेष कार्यक्रम गरि मनाउन लागिएको बताउदै सबैलाई एकपटक भिजिट गर्न आग्रह समेत गरे ।

आयोजक सघं टेवानका अध्यक्ष कमला गिरीले सघंले पर्यटकीय गन्तव्य प्रवर्द्धन (डेस्टीनेशन प्रमोसन ) गर्ने क्रममा यो पटक बन्दीपुरलाई रोजेको बताइन । पोखरा प्रकृतिले सजिएको तालै तालको सहर भए जस्तै बन्दीपुरको पनि छुट्टै महत्व रहेको उनको भनाई थियो । उनले हालै पोखरालाई भ्रमण वर्ष २०२५ घोषणा गरिएको बताउदै बन्दीपुरबासीलाई पोखरा घुम्न निम्तो दिइन । उनले बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलताको शुभकामना समेत ब्यक्त गरिन । उनले दुबै सहरमा भ्रमण वर्ष मनाईरहदा व्यवसायीहरु मिलेर पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन सकिने कुरामा जोड दिइन ।
नेपमल उद्योग तथा व्यवसायी महासघं गण्डकी अध्यक्ष बबरजङ गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि मिलेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले पोखराका पर्यटन व्यवसायीहरुसङ सहकार्य गरेर अघि बढ्न सके बन्दीपुरमा भारतिय पर्यटकलाई अधिक मात्रामा भित्र्याउन सकिने बताए । पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारले बजेट छुट्याउदा महिला ब्यवसायीलाई छुट्टै बजेटको ब्यवस्था गर्न उनले आग्रह गरे ।

बन्दीपुर भ्रमण वर्ष २०२५ का सहसम्योजक लिक बहादुर बानिया, सचिवालय सचिव विक्रम पिया, रेवान बन्दीपुरका अध्यक्ष जितेन्द्रलाल गुरुङ, होमस्टे महासघं बन्दीपुरका अध्यक्ष गिता लम्साललगायतले पाहाडकी रानी बन्दीपुर प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताउदै बन्दीपुरको प्रवर्द्धन गर्न भ्रमण वर्ष कोसेढुङ्गा साबित हुने विश्वास ब्यक्त गरेका थिए ।
आयोजक सघं टेवान सदस्य एवं कार्यक्रम संयोजक सारदा लम्सालले १८ सदस्यीय प्रवर्द्धनात्मक टोलीले पर्यटन प्रवद्धनात्मका कार्यक्रम अन्तरगत दुई शहरका पर्यटन व्यवसायीबीच अनुभव आदान प्रदान गर्नुका साथै बन्दीपुरमा रहेका धार्मिक एवं पर्यटकीक गन्तव्यहरुको भ्रमण गर्नुका साथै बन्दीपुर केवलकारको अवलोकन समेत गरिएको जानकारी दिइन ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्धन एवं बन्दीपुर भ्रमण वर्ष २०२५ को सहकार्यमा गरिएकाे कार्यक्रममा आयोजक टेवानका महासचिव अनिता खड्का भट्टराईले सस्थाका बारेमा बोलेकी थिइन।
पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्येश्यले सोमबार बन्दीपुर तर्फ गएको टोली पर्यटनका सम्भावना तथा चुनौतीलाई स्थलगत रूपमा अध्ययन एवं अवलोकन गरी मगंलबार पोखरा फर्किएको छ ।