सुचना, समाचार र मनोरन्जन

अर्थतन्त्र बलियो बनाउन वार्षिक ५० लाख चिनियाँ पर्यटक भित्र्याउनेतर्फ लागौँ : उपाध्यक्ष पाण्डे

 

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विश्वको स्थायित्व र राजनीतिक स्थिरताका लागि चीनको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

 

शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाल–चीन इकोनोमिक एण्ड बिजनेस समिट–२०२५’ लाई सम्बोधन गर्दै उनले विश्वमा देखिएको राजनीतिक घटनाक्रमले राजनीतिक अर्डर नै फेरबदल हुनसक्ने अवस्था सिर्जना भएकाले चीनले सबैभन्दा बढी नजिकबाट नियालिरहेको बताए । उनले नेपालको कमजोर अर्थप्रणालीलाई बलियो बनाउन चीनसँग पर्यटन आदानप्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

वा र्षिक ५० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने वातावरण निर्माण गर्नसके छोटो समयमा नेपालको अर्थतन्त्र बलियो भइ जिडिपीमा ठूलो परिवर्तन हुने उनको भनाइ छ । उनले नेपालमा भएका विभिन्न उत्पादनमार्फत लाभ लिएर अगाडि बढ्नुपर्ने बताए ।

उनले उत्पादनमुखी भएर आफ्नो अर्थतन्त्र बलियो बनाउने क्षमता नभइ दाताहरूको सहयोगले मात्रै केही गर्न नसकिने बताए । नयाँ परिवेशबाट गुज्रिरहेको विश्वपरिवेशबाट नेपालमा पर्नसक्ने आर्थिक तथा राजनीतिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ ।

उपाध्यक्ष पाण्डेले नेपालको आर्थिकलगायत विभिन्न क्षेत्रको विकासमा चीनको महत्वपूर्ण भुमिका रहेको बताए । उनले नेपाल सधैँ एक चीन नीतिमा अडिग रहेको बताए ।

Leave A Reply

Your email address will not be published.