सुचना, समाचार र मनोरन्जन

वर्तमान सरकार देउवाको भरमा

काठमाडौँ/

नेपाली कांग्रेसका महामन्त्रीलगायत अन्य शीर्ष नेताहरू सरकारको आलोचनामा उत्रिए पनि देउवा सहमतिप्रति दृढ रहेकाले तत्काल सरकार र गठबन्धन दायाँबायाँ नहुनेमा एमाले विश्वस्त छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर कांग्रेस नेता डा. शेखर कोइरालादेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समेत सार्वजनिक रूपमै आलोचनामा उत्रेका छन् ।

यही बेलामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दै त्यसो भएमा माओवादी जस्तोसुकै सहयोग गर्न तयार रहेको सार्वजनिक रूपमा बताइरहेका छन् ।

कांग्रेस नेताहरूबाटै लगातार सरकारको आलोचना हुन थालेपछि सरकारको भविष्यलाई विभिन्न टिका टिप्पणी भइरहेका छन् । यही अवस्थामा सोमबार बसेको एमाले सचिवालय बैठकमा सत्ता साझेदार दल कांग्रेसका नेताहरूबाट सरकारबारे भइरहेका टिप्पणीबारे छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारबारे बाहिर भइरहेका टिप्पणी र वर्तमान परिस्थितिका बारेमा संक्षिप्त विश्लेषण सुनाएका थिए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कांग्रेसभित्र व्यक्ति विशेषले गरेका टिप्पणीको खासै अर्थ नहुने भएकाले सरकार र गठबन्धन दायाँबायाँ नहुने आश्वस्त पारेका थिए ।

Leave A Reply

Your email address will not be published.