सुचना, समाचार र मनोरन्जन

‘होस्टेल ३’को ५१ दिनमा आफ्नै कलाकर्मीलाई सम्मान,कमाई ४ करोडमाथि ग्रस

काठमाडौं :

टिकटक तथा नाटकबाट आएका कलाकारहरुलाई समेटेर निर्माण गरिएको फिल्म ‘होस्टेल ३’ले ५१ औँ दिने यात्रा पूरा गरेको छ। गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ५१ औँ दिन पुरा गरेको हो।

यसैको उपलक्ष्यमा निर्माण टिमले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा फिल्मका सो अवसरमा कलाकार तथा प्राविधिकहरुलाई प्रशंसा पत्रसहित सम्मान गरियो। कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरू पारस बम ‘ल ब्वाय’, सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे, सन्तोष बानियाँ र फिल्ममा विशेष भूमिकामा अभिनय गरेका कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि सम्मान गरिएकोथियो।

कार्यक्रममा उपस्थित भएका थिए । उनले नयाँ कलाकारहरूको पहिलो फिल्म नै व्यावसायिक रुपमा सफल भएकोमा खुसी व्यक्त गर्दै आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए ।

होस्टेलमा बसेर कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको कथामा आधारित भएर बनेको ‘होस्टेल ३’लाई गायक तथा संगीतकार सशान कँडेलले निर्देशन गरेका हुन्। उनको यो पहिलो निर्देशकीय फिल्म हो। यो फिल्मले अहिलेसम्म ४ करोड ग्रस कलेक्सन गरेको निर्माण पक्षको भनाई छ।

Leave A Reply

Your email address will not be published.