काठमाडौं :
मिराज बिक्रम सिंहको निर्देशन रहेको गीत ‘तमै फूलिमा’को भिडियो सार्वजनिक भएको छ । मिराजकै शब्द, रोशन टमट्टाको संगीत, रोशन एवं प्रेरक्षा सिंहको स्वर र दीपक संगम विसीको मिक्सिङ/माष्टरिङ रहेको पश्चिमेली देउडा गीतको भिडियो सार्वजनिक भएको हो।
राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जी.सीलाई फिचरिङ गरिएको छ। महेश महाराको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ। गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा शब्द, कलाकारिता, भावना र सिनेमाटोग्राफीको राम्रो संगम रहेको छ । प्रेमिल गीतका शब्द जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ। ‘सवै टिमले मिहिनेत गरेर उत्कृष्ट सिर्जना श्रोता/दर्शकमाझ पस्किएका छौ आशा छ सबैले मन पराइदिनुहुने छ,’ गीतकार तथा निर्देशक मिराजले भने।