सुचना, समाचार र मनोरन्जन

बाग्लुङमा तीन तलामाथिबाट खसेर वृद्धाको ज्यान गयो

बाग्लुङ,

बाग्लुङको बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीन तलामाथि बाट खसेर एक जना वृद्धाको ज्यान गएको छ ।

आज बिहान घरको तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै ज्यान गएको हो । शव परीक्षणका लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.