सुचना, समाचार र मनोरन्जन

दुर्गा खरेल र प्रताप दासको स्वरमा ‘ओइ नक्कले’ मा सुशान्तसँग प्रियंका र कविताको दमदार डान्स

काठमाडौ :

गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’युट्युबमार्फत सार्वजनिक भएको छ। गीतकार सुमन पण्डित ‘बैरागी’को शब्द र संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतको संगीत संयोजन आदेश गुर्मछानले गरेका छन्। ‘ओइ नक्कले’ गीतमा त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ।

‘ओइ नक्कले’ भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम,मनोभावना र द्वन्द्वलाई गीतमा भावनात्मक रूपमा चित्रण गरिएको छ। ‘ओइ नक्कले’ को भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् भने उत्सव दाहालले छायाँकन गरेका हुन्। सञ्जय विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्। भिडियोलाई आकर्षक लोकेशन, गतिशील फ्रेम र कलाकारहरूको सशक्त अभिनयले थप प्रभावशाली बनाएको छ।

हाल अष्ट्रेलियामा बसोबास गरिरहेका अभिनेता सुशान्त कार्की यस भिडियोका लागि विशेष रूपमा नेपाल आएका थिए । झन्डै ६ महिना अघि छायाँकन सम्पन्न भए पनि भिडियो हाल मात्र सार्वजनिक गरिएको हो। ‘द डिभाइन म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। दर्शकहरूले गीतको संगीत, शब्द, स्वर र भिडियोको प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।

Leave A Reply

Your email address will not be published.