सुचना, समाचार र मनोरन्जन

धर्मलाई कुनैपनि स्वार्थका लागि प्रयोग नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौँ,

गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने उनले बताए ।

साथै, उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने बताए ।

Leave A Reply

Your email address will not be published.