सुचना, समाचार र मनोरन्जन

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को बेलायतमा पनि प्रदर्शन गरिदै

काठमाडौं :

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को बेलायतमा प्रदर्शनमा आउने भएको छ। बेलायतका वितरण अधिकार अन्डरग्राउण्ड स्लेटले किनेपछि प्रदर्शनमा आउन लागेको हो।

विज्ञप्ति जारी गर्दै कम्पनीले जुलाई पहिलो सातादेखि ४० भन्दा धेरै हलमा फिल्म प्रदर्शन हुने जानकारी दिएको छ। यसअघि यो फिल्म टोरन्टो र बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ भैसकेको छ।

फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ । अन्य कलाकारहरुमा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा शीर्ष भूमिकामा छन्। गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा फिल्मले पेश गर्छ। आमोद राई फिल्मका निर्माता हुन्। फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्। फिल्म गत जेठ २५ गते प्रदर्शनमा आएको थियो।

Leave A Reply

Your email address will not be published.