काठमाडौं :
डान्सर तथा अभिनेत्री कविता नेपालीले ८ हजार मिटर भन्दा अग्ला दुई हिमालको सफल आरोहण गरेकी छन्। उनले आइतबार सगरमाथाको सफल आरोहण गरिन् भने सोमबार ल्योत्सेको सफल आरोहण गरेकी हुन्। कविताले एक दिनको अन्तरमा दुई अग्ला हिमाल आरोहण गरेको जानकारी दिएकी छन्।
उनले हिमाल आरोहणपछि बधाई दिनेको ओइरो लागेको छ। कविताले दुवै हिमालको सफल आरोहण गर्दै गर्दा नेपालको राष्ट्रिय झण्डा फर्फराएकी छन्।उनी अभिनित फिल्म ‘एक्लो’ प्रदर्शनको तयारीमा छ। कविताले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘यो यात्रा केवल शिखरहरूको बारेमा मात्र नभएर सपना देख्नेहरू, केही गर्न खोज्नेहरू र सीमा भन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि रहेको उल्लेख गरेकी छन्। उनले यो आरोेहणलाई सबैभन्दा महत्वपूर्ण कुरा मैले यसलाई जितेकी होइन, यो जित भन्दा माथि भएको लेखेको छिन्।
उनी लेख्छििन्,‘यो यात्रा केवल शिखरहरूको बारेमा मात्र नभएर सपना देख्नेहरू,केही गर्न खोज्नेहरू र सीमा भन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि थियो। सबैभन्दा महत्वपूर्ण कुरा मैले यसलाई जितेकी होइन, यो जित भन्दा माथि हो।’ यतिबेला कवितासँगै एक दर्जन विदेशी नागरिकहरुले पनि सगरमाथाको सफल आरोहण गरेको तस्विर सामाजिक सञ्जालमा प्रशस्त देखिएका छन्।