काठमाडौं :
सन्तोष गौतमको लगानी रहेको सिनेमा ‘जन्ते बाख्रो’ ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलरमा लभस्टोरी र कमेडीमा समिश्रण हेर्न सकिन्छ।
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल छ। नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ। सोही कथामा सिनेमा निर्माण भएको ट्रेलरबाट बुझ्न सकिन्छ। आगामी जेठ २३ गतेबाट यो सिनेमा नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको छ । सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ।
आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ। टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।