सुचना, समाचार र मनोरन्जन

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

पोखरा,

कास्कीको पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगरपालिकाका मेयर धनराज आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन ।

सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि हरेक वर्ष नगरभित्रका सबै बालबालिकाले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चिततासहित पोखरालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो।

मेयर आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरूसहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्वप्रति आफूहरू प्रतिबद्ध रहेको बताए ।

उनले स्वास्थ्यसम्बन्धी अभियानहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका उल्लेखनीय हुने गरेको बताउँदै पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताए ।

स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चिततासहित दिगोपना घोषणाका लागि निरन्तर अभियानहरू सञ्चालन गरेको बताए ।

विगत एक वर्षको अवधिमा ०–१५ महिनासम्मका ५ हजार ३४१ र १६–२३ महिनासम्मका ४ हजार १५० बालबालिकाहरूको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको स्वास्थ्य महाशाखा प्रमुख पौडेलले बताए ।

Leave A Reply

Your email address will not be published.