सुचना, समाचार र मनोरन्जन

गीतकार संघको स्थापना दिवसका अवसरमा डा. रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ अर्पण

काठमाडौं :

गीतकार सङ्घ नेपालले १५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा संघले आज (सोमबार) ‘राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम– २०८०’ कार्यक्रम गरि मनाएको हो। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा संस्कृति, तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बिशिष्ट गीतकार डा. भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’द्वारा सम्मानित गरियो। प्रमुख अतिथि मन्त्री रहेका तामाङले गीतकार डा. रिजाललाई एक लाख ५१ हजार रुपैयाँ सहित माला र र ताम्रपत्रद्वारा सम्मान अर्पण गरेका थिए। त्यसैगरी, मैथिली गीतकार अशोक दत्तलाई २५२५२ नगद राशि सहित ‘विष्णु मनसरा मातृभाषा २०८०’ प्रदान गरिएको थियो।

यस्तै सोहि समारोहमा अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई १५ हजार राशिसहितको ‘वर्ष डायस्पोरा गीतकार सम्मान’ प्रदान गरियो। त्यस्तै, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार पुरस्कार–२०८०’ मा छनौटमा परेका १० गीत मध्येबाट दुई गीत पुरस्कृत भए। मदनमाबो लिखित ‘आमा’ र विष्णु भण्डारी लिखित ‘चाहना हो तिमी मेरो’ पुरस्कृत भएका हुन्। माबो र भण्डारी जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत भएका हुन्। गीतकार संघमा आवद्ध सदस्यहरुले २०८० सालका लागि दर्ता भई छनौटमा परेका १० गीतबाट यी दुई गीत उत्कृष्ट भएका हुन्।

Pach Pandav

छनौटमा मदन माबोको आमा, विष्णु भण्डारीको चाहना हो, डा.ओमकृष्ण प्रसाईंको पिता, ध्रुव खनालको रानी तालको, ज्ञान प्रसाद भट्टराईको माटोको माया, सियरा आचार्यको तिमीलाई, किसन सुवेदीको मुटु रेटियो, सबिता पोखरेलको एक चिम्टी सिन्दूर, डा.विष्णुमूर्ति भट्टराईको मुटुमै घाउ र शान्तिराम भट्टराईको नजरको वाण गीत रहेका थिए। यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार–२०८०’ बाट दुई गीति पुस्तक पुरस्कृत भए । गीतकार पूर्णबहादुर साउद शिरिष लिखित ‘आधाआधी’ र जनक वाग्ले लिखित ‘मैना चरी कहाँ गई’ पुरस्कृत भएका हुन् । साउद र वाग्लेलाई जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन माननीय मन्त्री हित बहादुर तामाङले समारोहलाई सम्बोधन गर्दै गीतकार संघ र समग्र कलाकारिता क्षेत्रमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।यस्तै, सम्मानीत अग्रज गीतकार डा. भोला रिजालले ‘गीतकार संघले आफूलाई दिएको यो सम्मानले अझ उर्जाशील बनाएको बताए। उनले दराजमा राखिएका पाण्डुलिपीहरुलाई अब चाँडै मूर्तरुप दिने बताए।
कार्यक्रममा गीतकार बिशिष्ट गीतकार राजेन्द्र थापाले संघको प्रशासनिक पक्षलाई मजबुत बनाउन अझै सोच्नु पर्ने बताए। त्यस्तै ६० वर्ष सम्म नियमित कलम चलाएकार गीतकार रिजाललाई सम्मान गर्न झण्डै ढिला भएको जिकिर सहित बधाई तथा शुभकामना दिए।  त्यस्तै समारोहलाई सम्बोधन गर्दै संगीतकार संघ नेपालका अध्यक्ष तथा प्राज्ञ चेतन सापकोटाले गीतकार र संगीतकारहरु राज्यका ‘आविश्कारक’ भएको बताए। उनले भने– गीतकार र संगीतकार नभए समाज संस्कृती ठप्प हुन्छ यसर्थ राज्यले गीतकार र संगीतकार लागि सुविधा सहितको योजना ल्याउनु पर्ने बताए।

यस्तै संघका सल्लाहकार एवं अक्षयकोषका संरक्षक अमर बान्तुले भोला रिजाल जस्तो व्यक्तित्वलाई सम्मान गर्न पाउँदा सम्मानकै थप उचाई बढेको बताए । त्यसैगरि प्रतिलिपी रजिष्ट्रा्र कार्यालयकी प्रमुख पूण्यमाया गुरागाईंले कार्यक्रमलाई सम्बोधन गर्दै गीत संगीतका क्षेत्रमा आफू नयाँ भएता पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।कार्यक्रममा गीतकार संघका संस्थापक अध्यक्ष कृष्णहरि बराल, गीतकार एवं पूर्व अर्थमन्त्री एसपी कोइराला, पुर्व अध्यक्ष एवं सल्लाहकार चुडामणी देवकोटा, अग्रज गीतकार विश्ववल्लभ, लगायतको आतिथ्यता रहेको थियो ।
समारोहका सभा अध्यक्ष एवं संघका अध्यक्ष वसन्त वित्यासी थापाले संघद्वारा सम्मान गर्ने संस्कारलाई निरन्तरता दिएको बताए।

उनले गीतकारहरुलाई राज्यबाट नीतिगत रुपमै सम्बोधन हुनु पर्ने उल्लेख गरे। कार्यक्रमा यो वर्ष संघको आजिवन सदस्यता लिएकाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। समारोहमा गीतकार संघ नेपालका कोषाध्यक्ष चेतन खतिवडाले स्वागत मन्तव्य राखेका थिए भने संघका उपाध्यक्ष रमेश कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए।

Leave A Reply

Your email address will not be published.