सुचना, समाचार र मनोरन्जन

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औं संस्करण बुधबारदेखि सुरु

काठमाडौं :

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औं संस्करण बुधबारदेखि सुरु भएको छ। महोत्सव यहीँ १८ जेठसम्म ठमेलस्थित क्यूएफएक्सको छाया सेन्टरमा महोत्सव चल्नेछ।
आयोजकका अनुसार ‘फ्राक्चड भोइसेज, रिक्लेम न्यारेटिभ्स’ नारासहित सुरु भएको महोत्सवमा ३० देशका ६५ भन्दा धेरै फिल्म प्रदर्शन हुनेछन्।

महोत्सव उद्घाटनको सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, मनीषा कोइरालासहित विदेशी पाहुना फिल्ममेकरको उपस्थिति रहेको थियो। उनीहरुले आ आफ्नो धारणा महोत्सवमा राखेका थिए। उद्घाटनसँगै हलमा बिट्वीन द माउण्टेन एन्ड द स्काइ’ डकुमेन्ट्रीको एसिया प्रिमियर गरिएका थियो।

बुधबारै बेलुका मंगोलिया र फ्रान्सको फिल्म ‘मंगोलिया ः द वे अफ इगल’ प्रदर्शन गरिएको थियो। आज चिनियाँ फिल्म देखाउने कार्यक्रम रहेको छ। आयोजकले नेपाल चीन मित्रताको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजाङ्ग प्यानोरमामा फिलमहरू प्रदर्शन गर्ने तयारी छ।

यस महोत्सववका निर्णायक मण्डलका रूपमा चलचित्र र टेलिश्रृंखला निर्देशकहरू नवीन सुब्बा ९नेपाल०, मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिङ्की चेन (चीन)सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया)छन्।

Leave A Reply

Your email address will not be published.