काठमाडौं :
फिल्म ‘पूजार सार्की’मा अभिनय गर्ने मुख्य कलाकारमध्ये एक हुन् परीक्षा लिम्बु। उनको यो फिल्मबाट निकै चर्चा भयो। निर्माता तथा निर्देशकको नजरमा समेत नोटिसमा परेकी परिक्षाले अर्को सफलता पाएकी छन्। उनको फिल्म ‘पुजार सार्की’ले बक्स अफिसमा राम्रै कमाई गरेको थियो। यस फिल्मबाट सफलताको स्वाद चाखेकी परिक्षालाई अर्को फिल्म ‘ऊनको स्विटर’ले हलमा धमाका मच्चाइरहेको छ।
फिल्म ‘पुजार सार्की’को भन्दा निकै कम भुमिका भएता पनि उनको चर्चा चुलिएको हो। ऊनको स्वीटरमा उनका र एलेक्सको डान्सलाई समेत दर्शकले रुचाएका छन्। उनी यतिबेला यसै फिल्मको प्रमोसनमा जुटिरहेकी छन्। फिल्मलाई हलवालाले समेत हिट फिल्मको ट्याग दिइसकेको छ। त्यस कारण पनि यो फिल्मको चर्चा चुलिएको हो।
परिक्षालाई फाइदा हुनुको अर्को कारण के हो भने यस फिल्ममकी मुख्य अभिनेत्री मिरुना मगर फिल्म ‘जारी २’को छायांकनमा व्यस्त हुनु हो। मिरुना छायांकनको सिलसिलामा पाँचथरमा रहेकी छन्। त्यसको फाइदा परिक्षालाई भएको हो। अहिले यो फिल्मको हल भिजिटमा परीक्षा दौडधूप गरिरहेकी छन्।