काठमाडौं :
लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवारको स्वरमा ‘मन चोर्नेलाई’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ। गणतन्त्रको छेको पारेर उनले गीतको भिडियो रिलिज गरेका हुन्।
गीतमा शीतल कादिम्बिनीको शब्द, सुरेश अधिकारीको संगीत, गायक सुनुवारकै संगीत संयोजन रहेको छ भने गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका छन्। मोहन सुनुवार ‘नबिन’ को छायांकन र सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्नै अफिसियल युटूव च्यानबाट सार्वजनिक गरिएको छ ।