सुचना, समाचार र मनोरन्जन

गणतन्त्र दिवसमा अभिनेता अर्जुन कार्कीलाई सम्मान

हेटौंडा : 
गणतन्त्र दिवसको अवसर पारेर अभिनेता अर्जुन कार्कीलाई बागमती प्रदेश सरकारले साहसिक कलाकारको रुपमा सम्मान गरेको छ।बागमती प्रदेशको मुख्य मन्त्री कार्यालमा आयोजित कार्यक्रममा एक दशक अगाडिका याक्सन स्टार अभिनेता अर्जुन कार्कीलाई नगद पच्चिस हजार र सम्मान पत्र सहित सम्मान गरेको हो।

प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिं लामा, आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले कार्कीलाई सम्मान गरेका हुन् ।कार्की डेढ दर्जन भन्दा बढी चलचित्रका सफल नायक/कलाकार तथा २०७०/०२/०५ गते सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण गरि आरोहणका क्रममा १ मिनेट १० सेकेन्ड सम्म सगरमाथाको टुप्पोमा टाउकोले भुँई टेकेका थिए।

बिश्व कीर्तिमान कायम गर्न सफल व्यक्ती हुन् साथै  मार्सल आर्ट तथा रेस्लिङका रास्ट्रीय खेलाडी,हिमालयन लेजन अफिसर,प्याराग्लाइडिङ पाइलट पनि हुन। कार्की नेपाली एड्भेन्चर तथा साहसी खेलका सफल व्यक्ती पनि मानिन्छन्।

Leave A Reply

Your email address will not be published.