Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तिम्रो तस्वीर’ लिएर सांगीतिक यात्रामा पूर्णिमा रसाइली, पोखराको संगीत क्षेत्रमा नयाँ ऊर्जा
- प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची
- रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए
- ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
- देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध
- तनहुँमा २७ वन्यजन्तुको उद्धार
- असार १२ गते शुक्रबारको राशिफल पढ्नुहोस
- राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल पक्का,हिरोइन किन लुकाइयो?
- नेपाल फिल्म क्याम्पसमा नाटक ‘संशय’ मन्चन हुने
- नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि
काठमाडौँ,
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा हुने यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
राखेप सदस्य–सचिव टङ्कलाल घिसिङका अनुसार प्रतियोगितामा सात प्रदेशका ४७६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र÷छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र÷छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र÷छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र÷छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ ।
नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालिको सह–आयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बुढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ ।
क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ । सदस्य–सचिव घिसिङले खेलकुदको जग ग्रासरुट भन्ने धेरै सुनिए पनि व्यहारमा लागू नभएको हुँदा राखेपले जुनियर प्रतियोगिताको अवधारणालाई अघि सारेको बताए ।
Next Post