काठमाडौं :
कमेडियन प्रभात लामाले कमेडी नाइट विथ च्याम्पियनको पछिल्लो एपिसोडमा चर्चामा छ। हिजो मंगलबार उनले दिएको प्रस्तुति पुर्वमन्त्री मोहम्मद अफताव आलमको हाउभाउ र शैलीमा व्यङ्ग्य गरेपछि उनको चर्चा भएको हो।
कलाकार लामाले दुरुस्तै आलमको पात्रमा देखिएर इटा भट्टामा मान्छे पोलेको घटनालाई व्यङ्रग्य गरेपछि उनको चर्चा भएको हो। ज्युँदै मान्छे इँटाभट्टामा जलाएको र वकिललाई गरगहना दिएपछि निर्दोष सावित भएको घटनालाई कमेडीको माध्यमबाट उठान गरेपछि उनको चर्चा भएको हो।
लामाले यसअघि पनि पूर्वमेयर केशव स्थापित, वैज्ञानिक महावीर पुन, अभिनेता राजेन्द्र खड्गी र राजेश हमालको क्यारिकेचर गरिसकेका छन्। यस कार्यक्रममा पाहुनाका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगी,तोसिमा कार्की,सुमना श्रेष्ठ र असिम साह रहेका छन्। उनको प्रस्तुतीमा उनीहरु निकै उत्साहित भएको देखिन्छन्।