सुचना, समाचार र मनोरन्जन

‘हाउसफुल ५’ बक्स अफिसमा धमाकेदार : पाँच दिनमै भारु ११० करोडको ग्रस कलेक्स

काठमाडौँ : बलिउडको चर्चित हास्य फिल्म सिरिज ‘हाउसफुल’ को पाँचौं भाग, हाउसफुल ५, ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। फिल्मले प्रदर्शनको पहिलो पाँच दिनमै भारु ११० करोडभन्दा बढीको व्यापार गर्न सफल भएको छ। फिल्मको व्यापारसँगै दर्शक र समालोचकहरू दुवैको ध्यान खिच्न सफल निर्माण पक्षको दाबी छ।

अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सोनम बाजवा, नर्गिस फखरी र जैकलीन फर्नान्डिजको अभिनय रहेको यस मल्टी(स्टारर फिल्मले पहिलो दिनमै २२ करोडभन्दा बढीको कमाइ गरेको थियो। यो फिल्मको कमाई २०२५ को तेस्रो ठूलो ओपनिङ हो।

भारतिय मिडियाका अनुसार मंगलबार मात्र फिल्मले १०,७५ करोड कमाएको छ। यससँगै ‘हाउसफुल ५’ ले सलमान खानको सिकन्दरु लाई पछि पार्दै २०२५ को चौथो सबैभन्दा ठूलो हिट फिल्मको उपाधि प्राप्त गरेको हो।

हास्य, रोमाञ्चकता र रहस्यको समिश्रण गरिएको यो फिल्मको कथावस्तु एक मर्डर मिस्ट्रीको वरिपरि घुम्छ । जसमा हास्य रस मिसाइएको छ। यो फिल्म दर्शकलाई मनोरञ्जनको भरपुर प्याकेज दिन सफल भएको बताइन्छ। ४०० करोड भारुमा निर्माण भएको यो फिल्मका निर्माता साजिद नाडियाडवाला र अभिनेता अक्षय कुमारको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म बनाएका हुन्। त्यसैले पनि यो फिल्मको कमाईको गतिमा अघि बढिरह्यो भने ‘हाउसफुल’ फ्रेन्चाइजले कुल भारु ८०० करोडभन्दा बढी कमाइ गर्न सक्ने सम्भावना रहेको छ।

Leave A Reply

Your email address will not be published.