Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन
- पूजा शर्मा र विजय बरालको ‘रत्यौली’ फागुनमा
- ‘जलाकी’ को प्रदर्शन मिति तय: दुई फरक भावमा देखिए सोनम तोप्देन र उपासना सिंह ठकुरी
- सैनिक पोसाकमा दयाहाङ, गुरुङ पहिरनमा गौमाया: यस्तो देखियो ‘पेन्सन पट्टा’ मा दुवैको केमेस्ट्री
- ८९ ल्याएर भरतपुर अस्पताल बन्यो देशकै उत्कृष्ट
- पोखरामा धुमधामका साथ मनाइँयो २१औँ असारे रोपाइँ महोत्सव
- पोखराका दुई कृषकलाई उत्कृष्ट कृषक सम्मान
- सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै
- असार १५ गते सोमबारको राशिफल पढ्नुहोस
- पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा कपिङ च्याम्पियनसिपको भव्य तयारी
पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल
काठमाडौँ,
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशका सबै क्षेत्रमा रहेका पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको बताए ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय स्वास्थ्य सेवा ऐन २०७५, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र सोह्रौँ योजना २०८१÷८२, २०८५÷८६ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको र जसमा पुनःस्थापना सेवा पनि समावेश गरिएको जानकारी दिए ।
उहाँले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य सेवा विभाग मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखामार्फत पुनःस्थापना सेवा प्रवाह भइरहेको पनि बताए ।
“सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७९÷८० मा शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति तथा क्यान्सर लगायतका दीर्घ रोगबाट प्रभावित नागरिकको लागि साथै प्रदेशमा पुनःस्थापना तथा परामर्श केन्द्र स्थापना गर्ने विषय उल्लेख भएको थियो, त्यसको कार्यान्वयनस्वरुप स्वास्थ्य पुनःस्थापना सेवाहरुको व्यवस्थित सञ्चालन, नियमन र अनुगमनका लागि पुनःस्थापना सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०७९ ल्याउने काम भइरहेको छ ।”
उहाँले पुनःस्थापनाको पहुँच र गुणस्तर कायम गराउन राष्ट्रिय पुनःस्थापनासम्बन्धी रणनीतिको तयारी भइरहेको उल्लेख गर्दै सरकारको २३ वटा सङ्घीय अस्पताल, ३६ वटा प्रादेशिक अस्पताल र जिल्ला अस्पतालबाट फिजियोथेरापी सेवाहरु उपलब्ध भइरहेको जानकारी दिए ।
मन्त्री पौडेलले भने, “पुनःस्थापना सेवा स्वास्थ्य प्रणालीको अत्यन्तै महत्वपूर्ण सेवा हो, यसले विशेषगरी दीर्घकालीन रोग, अपाङ्गता, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई पुनः सामान्य जीवनमा फर्कन सघाउँछ, अहिले नेपालमा निजी क्षेत्रबाट सञ्चालित पुनःस्थापना केन्द्रहरु प्रमुख सहरमा सीमित छन्, तर मागबमोजिम पर्याप्त सेवा दिनेगरी विकास भएको छैन ।
पुनःस्थापना सेवाअन्तर्गत स्वास्थ्य उपचारका लागि लामो समय लाग्ने उल्लेख गरे । उनले भने, “सो सेवा प्रत्यक्ष रुपमा क्लिनिकल तथा दीर्घकालीन स्वास्थ्य प्रणालीसँग आबद्ध हुने भएकाले यसमा विभिन्न विभाग, महाशाखा तथा मन्त्रालय बीचको समन्वय आवश्यक छ ।” मन्त्री पौडेलले पुनःस्थापना केन्द्रलाई थप व्यवस्थित बनाउन थप लगानी आवश्यक भएको बताए ।
सांसद जनप्रसाद शर्माले सरकारी स्वामित्वमा बहुउद्देश्य पुनःस्थापना केन्द्र बनाउनेबारे सरकारको योजना के छ? भनी मन्त्री पौडेललाई प्रश्न गर्नुभएको थियो ।