काठमाडौं :
गायक युवराज छत्यालले नयाँ गीतको भिडियो रिलिज गरेका छन्। उनले ‘किन पीर मान्छौँ’बोलको गीतको भिडियो रिलिज गरेका हुन्। यस गीतमा उनलाई लोकप्रिय गायिका देवी घर्तीले गायनमा सघाएकी छन्।
गायन युवराजकै शब्द तथा संगीत रहेको यस गीतले आफ्नो मायालुलाई पीर नगरी बस्न आग्रह गरेको छ। मायाप्रेमभावमा झल्काउने यो गीत लोकलयमा रहेको छ। यस गीतको म्युजिक एरेन्ज,मास्टरिङ तथा मिक्सिङको काम कुमार थापाको छ।
यो गीतको भिडियोलाई सुन्दर तरिकाले शिवन पोखरेलले निर्देशन गरेका छन्। उनको निर्देशनमा बनेको यस भिडियोमा नविन सिरिश,सगुन शाही,रेनुका आले,वसन्तराज गौतम लगायतले अभिनय गरेका छन्। उनीहरुले गीतको भाव अनुसारकै अभिनय गरेको देख्न सकिन्छ।
सुरज खनाल,राजु घलेले खिचेको यो गीतको भिडियोको सम्पादन सरोज शाहीले गरेका छन्। दर्शकले यो गीतको भिडियोलाई गायक छत्याल कै युटुब च्यानलमार्फत हेर्न सक्नेछन्।