सुचना, समाचार र मनोरन्जन

केकी र राघवलाई लिएर निराजन प्रधानको निर्देशनमा डेब्यु

काठमाडौं :

मोडल कथा कलाकार निराजन प्रधान पुनः रंगीन दुनियामा फर्किएका छन्। तर अभिनयमामार्फत होइन निर्देशनमार्फत । निराजन म्युजिक भिडियोमार्फत कलाकारितामा फर्किएका हुन् ।
उनले फोटो कथाको प्रस्तुतिमा निर्माण भएको ‘माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका छन्। सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय रहेको छ ।

पार्स्व संगीतको झल्को दिने गीतमा प्रेमिल जोडीको प्रेम छ । अनुहार देख्दै प्रेम बसेको प्रसंगबाट सुरु हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ । एकले अर्काको तारिफ गर्ने गीतले एकअर्काको आनीबानीको खुलेर प्रशंसा गरेको छ । सुख–दुःख सँगै काट्ने बाचा गर्दै एकअर्कालाई जिन्दगी सुम्पने प्रणसँगै सरगम घतानले लेखेको गीत टुगिन्छ। योगेश काजी शाहको संगीत तथा एरेन्ज रहेको गीत मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन्। अर्जुन तिवारीको डिओपी रहेको भिडियोमा ड्रोन सट सुरेश काफ्लेको छ ।

Protin

सम्पादन तथा रंग संयोजन प्रवीन श्रेष्ठले गरेको भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माको छ । निराजन कुनै समय नेपाली म्युजिक भिडियोमा एकछत्र राज गरेका कलाकार हुन् । उनले केही चलचित्रमा पनि अभिनेताका रूपमा काम गरेका छन्।

“निर्देशन पनि गरौँ भन्ने पहिलेदेखि नै लागिरहेको थियो। तर, अहिले यो अवसर आयो,” निराजन भन्छन्,“जसरी मलाई अभिनयमा रुचाइदिनुभयो, त्यस्तै मैले गरेको निर्देशनबाट पनि अपेक्षा गरेको छु ।” सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसको सहकार्य रहेको भिडियोकी निर्मात्री सनुस्का दाहाल हुन् ।

Leave A Reply

Your email address will not be published.