सुचना, समाचार र मनोरन्जन

मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने

काठमाडौँ,

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मधेश प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताएका छन ।

नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने (म्यामोग्राम) र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आईयूआई युनिट’को हिजो शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेश प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टकृत उपचार केन्द्रको आवश्यकता रहेको बताए ।

आउँदो आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौलाको उपचार केन्द्र बनाउन बजेट समावेश गरिएको मन्त्री पौडेलेको भनाइ छ ।

सरकारले अहिले १३ हजारभन्दा धेरै मिर्गौला रोगीको डाइलाइसिस गर्दै आइरहेको उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.