सुचना, समाचार र मनोरन्जन

धीरज र रजनीको ‘गाजलु आँखा’

काठमाडौं :

नारी पर्व नजिकिँदै गर्दा तीज गीत बजारमा ल्याउने होडबाजी चलेको छ। यसै क्रममा ‘गाजलु आँखा’ बोलको तीज गीत सार्वजनिक भएको छ। युवा सर्जक तथा मोडल धीरज खत्रीको लय र शब्दमा तयार भएको ‘गाजलु आँखा’ गीतमा धीरज खत्री र रजनी थापाको सुमधुर स्वर सुन्न सकिन्छ।

Pach Pandav

हुम गैरेको निर्देशन र सम्पादन रहेको यस भिडियोलाई केशव विश्वकर्माले खिचेका हुन्। भिडियोमा धीरज खत्री, रबिना भण्डारी, कबिना श्रेष्ठ र सदिक्षा थापाको सशक्त अभिनय देख्न सकिन्छ। अडियो तथा भिडियो डिके म्युजिक सोलुसन प्रा.लि. ले बजारमा ल्याएको हो।

Leave A Reply

Your email address will not be published.