एउटा कलिलो केटोको कथा हो यो,
केही गर्ने अठोट लिएको त्यस केटोलाई
देशले सबै इन्तिजाम मिलायो र परदेश लखेट्यो ।
कवी विप्लव प्रतीकले बजारमा ल्याएक उक्त गीतमा नयाँ प्रयास र फरक प्रस्तुती देखिन्छ । बफिन्स ९८ समुहको बरबरी आँसु बोलको गीतलाइ म्युजिक भिडियो मार्फत सार्बजनिक गरेको छ ।
रोजगारीका क्रममा बिदेश पुगेका नेपालहरुको मध्य हरेक बर्ष हजारौ युवा युवती रातो बन्द बाकसमा फर्किन्छन । यस गीतले तिनै रातो बाकसको कथा समेटेको देखिन्छ ।
गरिबी, अशिक्षा र बेरोजगारीको कठोर चपेटामा परेर हरेक वर्ष लाखौँ नेपाली युवा–युवती आफ्ना साना(साना सपना बोकी परदेशिन्छन। जीवनको सुरक्षाको खोजीमा, परिवारको पेट पाल्न। तर त्यो यात्रा केवल अवसरको खोजी मात्र होइन, आँसु, पसिना र कहिलेकाहीँ रगतले भरिएको कथा हुन्छ।
देशभित्र मौलाउँदै गएको निर्लज्ज भ्रष्टाचारले उनीहरूलाई आफ्नै भूमिमा बाँच्न नसक्ने बनाइदिएको महसुस गर्छन । जसले गर्दा आफ्नो मायाको आँगन, आमा(बुबाको काख, छोराछोरीको मुस्कान र आफ्नोपनको सुगन्ध त्यागेर उनीहरू अनिश्चित भविष्यतर्फ लाग्छन्। कसैको परिश्रमले सपना बन्छ — घर, पढाइ, भविष्य। तर कैयौँको त त्यो सपना काठको बाकसमा बदलिन्छ — जहाँ फर्किन्छ केवल शून्यता, पीडा र आँशुको भेल। एउटै गीतले देशको बर्तमान अबस्थाको बारेमा राज्यबाट धेरै उत्तर खोजिरहेको छ ।
समग्रमा यस गीतले धन कमाउन परदेशिएको छोरा बन्द रातो बाकसमा बर्ष दिन नपुग्दै आमाको चरण मा बिसाउदा भावहिन आमाको आँसु र बियोग समेटिएको छ ।
आमाको सपना र धन कमाउन बिदेश उडेको छोरो बर्ष दिन नपुग्दै रातो बाकसमा छोराको लास फर्केपछी आमा तेही रातो बाकसमा राखिएको आफ्नो छोराको लास हेर्दै भक्कानिदै रुन्छिन। यो गीतले यस्तै नमिठो यथार्थ बोल्छ — जहाँ सपनाभन्दा गहिरा पीडाहरू लुकेका छन्। यि केवल शब्द होइन, हजारौँ युवाको चिच्याहट हो, जुन आज पनि हावामा बिलिन भैरहेको छ ।
सन्जिब गुरुङ्ग को स्वर रहेको यो गीत बफिन्स ९८ समुहले निर्माण गरेको हो । बिगत साडे दुई दशक देखि नेपाली संगीत आकाशमा रास्ट्रभक्ति गीत संगीतमा आफ्नो परिचय बनाएको यो समुहले यो कृती मार्फत नेपाली संगीत आकाश मा नयाँ छाप छोडेको छ ।
गीत लेखनमा आफ्नो उपस्थिती सङै जिबन भट्टराई भाई ले नै यो गीतको भिडियो निर्देशन तथा सम्पादन गरेका छन । गीतको छायांकन बिक्रम श्रेठले गरेका छन भने कलाकार तारा शर्मा र रमेश गौतमको अभिनय रहेको छ ।