काठमाडौं :
माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन प्रधान फिल्म ‘राम नाम सत्य’को शुभसाइत गरिएको छ। निर्माण टिमले बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा मुहूर्त प्रदर्शन मिति आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने जानकारी गराइयो।
विराज भट्टको मुख्य भुमिका रहने यो फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी, दिनेश डिसी लगायतको अभिनय रहनेछ।
निर्देशक चन्द स्वयंको लेखन रहेको यो फिल्ममा उपेन्द्र शाही र श्वेता विमलीको लगानी रहने छ। यसको कार्यकारी निर्माताका रुपमा किशोर भट्ट र डी आर उपाध्याय रहेका छन्। सञ्जय लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत तथा विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ। मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसरको रुपमा छन्।