सुचना, समाचार र मनोरन्जन

‘छैनन पियारी’ भन्दै दर्शकमाझ आए संगीतकार दीपक शर्मा

काठमाडौं :

‘पर्ख पर्ख मायालु’,‘दाह्री फुल्यो बैशैमा’,‘देखन चम्चा,सुनन चम्पा’ लगायत दर्जनौ गीतका सर्जक दीपक शर्माको तिज लक्षित गीत ‘छैनन् पियारी’ रिलिज भएको छ। उनकै स्वर, संगीत र शब्दमा तयार पारिएको गीतको भिडियो युटुबमार्फत रिलिज गरिएको हो।
लामो समयपछि संगीत शर्मा आफैले गीत गाएका छन्। उनले आफुमा गीतका शब्द तथा संगीत गर्ने अनुभव भएता पनि गाउनेमा कमै भएको बताए।
‘गीत लेख्ने र संगीत गर्ने अनुभव त निकै रहयो तर गीत नै गाउने अनुभव चाहि खासै छैन,’उनले भने,‘म गायनमा चाहीँ सक्रिय हुदिनँ। मेरो आफ्नै कर्मलाई निरन्तरता गर्नेछु यो मात्र संयोग भएको हो।’

यस गीतमा उदयराज पौडेलको एरेन्ज कुमार केसीको मास्टरिङ रहेको छ। गीतको भिडियोमा सरोज अधिकारी, आयुष्मा भट्ट, चण्डिका राज बस्नेत, विजय अधिकारी ‘बन्नी’, सन्देश थापा ‘चार्ली’, गणेश कायस्थ, शिवराज गिरी ‘लभ’, युगेन्द्र क्षेत्री, प्रभु नारायण श्रेष्ठ, अबिरल बेलाल, कञ्चन श्रेष्ठ, पूर्णिमा धिताल र सुप्रिया भेटवालको अभिनय देख्न सकिन्छ। बाल कलाकारमा शायरा न्यौपानेको भूमिका विशेष आकर्षण बनेको छ।

यस भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन सुरोज अधिकारीले र रंग संयोजन राजेन्द्र मोक्तानले गरेका छन्। यो गीतको भिडियोको कार्टुन क्रुका निर्देशक तथा मोडल अधिकारीले नै गरेका छन्।

Leave A Reply

Your email address will not be published.