सुचना, समाचार र मनोरन्जन

आर्यन खानको सिरिजमा शाहरूख–रानीको पुनर्मिलन, भिडियो भाइरल

एजेन्सी :

बलिउडका सुपरस्टार शाहरूख खान र चर्चित अभिनेत्री रानी मुखर्जी लामो समयपछि पुनः एउटै पर्दामा देखिएका छन्। आर्यन खान निर्देशित नेटफ्लिक्स सिरिज ‘The Bands of Bollywood’ को गीत ‘तू पहली तू आख़िरी’ मा उनीहरूले संयुक्त रूपमा अभिनय तथा नृत्य गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियोमा शाहरूखलाई हातमा चोट लागेको देखिए तापनि उनले नृत्यमा कुनै सम्झौता नगरी पुरानो ऊर्जा झल्काएका छन्। भिडियोलाई हेरेपछि धेरै दर्शकहरू पुराना दिनहरूको सम्झनामा भावुक बनेका छन्। उनीहरूका अनुसार, शाहरूख–रानीको जोडीले पुनः एकपटक ‘क्लासिक जोडी’को अनुभव गराएको छ।

तर यस्तैबेला केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शाहरूखलाई थकित देखिएको टिप्पणी गर्दै उनको उमेरसम्बन्धी टिप्पणीसमेत गरेका छन्। यद्यपि, बहुसंख्यक दर्शकले यो भिडियोलाई सकारात्मक रूपमा लिएका छन्।

शृङ्खला ‘The Bands of Bollywood’ शाहरूख खानका छोरा आर्यन खानले निर्देशन गरेका हुन्। बलिउड संगीत र पुराना ब्यान्डहरूलाई आधार बनाएर तयार पारिएको यो शृङ्खला चाँडै नै नेटफ्लिक्समा प्रसारणमा आउने तयारीमा छ।

Leave A Reply

Your email address will not be published.