पोखरा,
हेरोको नेपालका लागि आधिकारिक वितरक सी जी मोटर्स प्रा.लि.ले पोखराको सिर्जना चोकमा हिरो मोटरसाइकल तथा स्कूटरको Hero Exchange and Evolve सञ्चालन गरिरहेको छ। Exchange and Evolve भाद्र १७ देखि २२ गतेसम्म ६ दिन संचालन हुने संचालक सुशन थापाले जानकारी दिए । सिर्जना चोकमा दि अफीरा अटो ट्रेडले हिरो ब्रान्डको Exchange and Evolve संचालन गरिरहेको छ ।

यस विशेष अफरमा १०० सि सि देखि २०० सिसि सम्मका स्कुटर र मोटरसाइकलहरु छानि छानि लिन सकिने र नयां लञ्च भएको स्कुटर Xoom125R पनि धमाधम बुकिङ तथा बिक्रि भैरहेको कुरा सी जी मोटर्सका रिजनल सेल्स म्यानेजर सुबाश क्षेत्रीले जानकारी गराए। उनले एक्सचेञ्ज camp मा जुनसुकै पुरानो मोटरसाइकलको न्यूनतम मुल्यांकन ४० हजार र Exchange मा १० हजार थप मुल्यांकन गरिने बताए । मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तीमा ८ हजार देखि ५ लाख सम्म छुटका साथै शून्य Service चार्जमा किस्ताबन्दी सुबिधा रहेको दि अफीरा अटो ट्रेडले जनाएको छ।
यसैगरी हिरो ब्रान्डको मोटरसाइकल तथा स्कुटरको खरिदमा थुप्रै गिफ्ट ह्याम्परहरु उपहार स्वरुप प्रदान गरिने दि अफीरा अटो ट्रेडले जनाएको छ।
