सुचना, समाचार र मनोरन्जन

कलाकारहरूले ‘जेन-जी आन्दोलन’मा खुलेर समर्थन : अनमोल , निश्चल र पलको अभिव्यक्ति

काठमाडौं :

सोमबार हुने भनिएको ‘जेन-जी आन्दोलन’मा बलिउडका चर्चित कलाकार अनमोल केसी, फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेता पल शाहले खुला समर्थन जनाएका छन्। तीनै कलाकारले सामाजिक सञ्जालमा सरकारको प्रतिबन्धको आलोचना गर्दै अभिव्यक्ति स्वतन्त्रता र युवापुस्ताको आवाजलाई दबाउन नहुनेमा जोड दिएका छन्।

लोकप्रिय अभिनेता अनमोल केसीले फेसबुकमा स्टाटस मार्फत भने,“हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं। सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं। हाम्रो अधिकार कोही रोक्न सक्दैन। हाम्रो आवाज दबिँदैन।”

यो अनमोलको पहिलो सामाजिक र राजनीतिक टिप्पणी हो। उनले ‘जेन-जी आन्दोलन’को पोस्टर सेयर गर्दै भनेका छन्,“आवाज उठाउने पुस्ता, जेन–जेडको संघर्ष, भोलिको भेला हाम्रो भविष्य।”

फिल्म निर्देशक निश्चल बस्नेतले टिकटकमा आफ्नो समर्थन प्रकट गर्दै भने,“देशको कानून निसहाय छ र गरिब जनतामाथि मात्र लागू हुन्छ। युवापुस्ता भ्रष्टाचारबाट निराश छ। यदि आन्दोलन हुनु नै थियो भने म पनि सहभागी भएर भ्रष्टाचारविरुद्ध बोल्नेछु।”

अभिनेता पल शाहले भने,“अभिव्यक्ति स्वतन्त्रता खोस्ने र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले स्थिति झन् गम्भीर बनाएको छ। जेन–जेडलाई म शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गर्छु।”

तीनै कलाकारले अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्चार माध्यममा पहुँचको पक्षमा आफ्नो आवाज उठाएका छन् र ‘जेन-जी आन्दोलन’लाई समर्थन जनाएका छन्।

Leave A Reply

Your email address will not be published.