सुचना, समाचार र मनोरन्जन

रोम–कम शैलीको नयाँ प्रस्तुति, ‘सनी संस्कारी कि तुलसी कुमारी’ बाट वरुण–जान्हवीको जोडी

मुम्बई :

बलिउड अभिनेता वरुण धवन र अभिनेत्री जान्हवी कपूर अभिनीत नयाँ चलचित्र ‘सनी संस्कारी कि तुलसी कुमारी’ को ट्रेलर सार्वजनिक गरिएको छ।

रोहित सारफ र सान्या मल्होत्रा समेतको प्रमुख भूमिका रहेको यस रोम्यान्टिक–कमेडी (रोम–कम) चलचित्रमा रंगीन दृश्य, हास्य–व्यङ्ग्य र पारिवारिक नाटकको मिश्रण रहेको देखाइएको छ। ट्रेलरमा वरुण र जान्हवीको जोडीले प्रेम, झगडा र हास्यपुर्ण घटनाक्रम मार्फत दर्शकलाई आकर्षित गर्ने संकेत दिएको छ।

चलचित्रलाई बलिउडका चर्चित निर्देशक शशांक खेतानले निर्देशन गरेका हुन्। यसअघि उनले हम्प्टी शर्मा की दुल्हनियाधडक जस्ता सफल फिल्म दिएका थिए।

निर्माताहरूले ट्रेलर सार्वजनिक गर्दै चलचित्रलाई मनोरञ्जनसहित पारिवारिक भावनाले जोड्ने दाबी गरेका छन्। फिल्म यसै वर्ष प्रदर्शनीमा आउने तयारीमा छ।

Leave A Reply

Your email address will not be published.