सुचना, समाचार र मनोरन्जन

फिल्म रिलिज हुँदा पनि अन्तर्वार्ता नदिने समीर भट्ट, किन?

काठमाडौं :

अभिनेता विराज भट्टका पुत्र समीर भट्टले गत वर्ष डेब्यु चलचित्र ‘१२ गाउँ’ मार्फत धमाकेदार प्रवेश गरेका थिए। दशैंको छेको पारेर प्रदर्शन भएको फिल्मले करिब २३ करोड ग्रस बक्स अफिस कमाइ गरेको थियो। उनी डेब्यु फिल्मबाट नै स्टार बने।

Pach Pandav

यही फूलपातीदेखि समीर अभिनीत दोस्रो फिल्म ‘बलिदान’ देशभर प्रदर्शनमा आउँदैछ।तर, समीर भने आफ्नै फिल्मको प्रचारमा कतै देखिएका छन्। उनको ‘बलिदान’सँगै ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पनि रिलिज हुँदैछन्। त्यसमा उनलाई चुनौती छ। तीनै फिल्मको प्रचारप्रसार तिब्र रूपमा भइरहेको छ। तर उनी कोठामा बसेर फिल्मको रिलिजलाई हेरिरहेका छन्।

समीर स्वभावैले रिजर्भ बस्न रुचाउने कलाकार मानिन्छन्। उनले किन अन्तरवार्ता नदिएका हुन्। अन्तर्वार्ता नदिने निर्णयको पछाडि विवादमा पर्ने डर पनि हुनसक्ने भएकालेृपनि होला उनी बाहिर आएका छैनन्। अहिले उनको बारेमा चर्चा र आलोचना दुवै हुन थालेको छ। अनेक खालका प्रश्नको सामना गर्दा कलाकारहरु अनायासै विवादमा तानिएका उदाहरणका कारण उनी बाहिर आउने छाँटकाँट छैन।

यद्यपि, ‘बलिदान’को टिमले आजआईएनआई सिनेमाज, ल्होत्से मलमा पत्रकार भेटघाट आयोजना समेत स्थगित गरेको छ। फिल्मका निर्देशक सन्तोष सेनले आफु समयमा नै काठमाडौं आइनपुगेको भन्दै कार्यक्रम स्थगित गरेको जानकारी दिएका छन्। यस कार्यक्रममा फिल्मका कोडिनेटरले समीर सहित अन्य कलाकारहरुसँग उपस्थित हुने जानकारी दिएका थिए। के अब समिरले कहिल्यै मिडियामा अन्तरवार्ता नदेलान त? त्यसका बारेमा भने केहि समय कुर्ने पर्ने हुन्छ।

Leave A Reply

Your email address will not be published.