सुचना, समाचार र मनोरन्जन

आईपीयूको सम्मेलनका लागि राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा जाँदै

विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल सहभागी हुने भएका छन् ।

सम्मेलनमा भाग लिन दाहाल यही असोज ३१ गते जेनेभा प्रस्थान गर्दैछन् । दाहाल नेतृत्वको टोलीमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरेर थप पाँच जना हुनेछन् ।

Pach Pandav

यो विषयमा आइतबार राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा आईपीयूमा उठाउने विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री कार्कीले बदलिएको पछिल्लो अवस्थाबारे राम्रोसँग विषय राख्न अध्यक्ष दाहाललाई सुझाएकी छन् ।

‘अन्तर्राष्ट्रिय फोरमहरूमा जानुपर्छ, नेपालको अवस्थाबारे राम्रोसँग राख्नुपर्छ’, प्रधानमन्त्रीको भनाइबारे अध्यक्ष दाहालले निकटस्थहरूसँग ब्रिफिङ गरेका छन् ।

Leave A Reply

Your email address will not be published.