सुचना, समाचार र मनोरन्जन

माघमा हुने भयो १४औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल

काठमाडौं :

‘१४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल–२०२६’ आगामी माघको पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सव हुन लागेको हो । आयोजकका अनुसार महोत्सवको लागि चलचित्र धमाधम प्राप्त भइरहेको छन् ।

यो महोत्सवको लागि आयोजक पक्षले आगामी मंसिरको पहिलो साता भित्र नेपाली चलचित्र, आदिवासी चलचित्र, वृत्तचित्र, लघु चलचित्र, म्युजिकल चलचित्र समावेश गर्न पनि आयोजक पक्षले जनाएको छ। महोत्सवको लागि फिल्म फ्रि वे डट कम तथा मार्फत नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलका साइटबाट चलचित्रको आवेदन दिन सकिने छ। यस्तै आयोजक विलक्षण क्रियसनको कार्यालयमा समर्पक गरेर पनि महोत्सवमा चलचित्र समावेश गर्न पाइने छ।

१५ वर्षअघिबाट सुरु गरिएको यो महोत्सवले नेपाल र अफ्रिकासँगै संसारभरका चलचित्र सांस्कृतिक आदान प्रदानमा महत्त्वपूर्ण योगदान दिँदै आएको यो महोत्सवकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले बताएकी छिन्,‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदान प्रदानसँगै दुई वर्ष यताबाट यो महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रलाई पनि प्रदर्शन गर्दै आएका छौँ । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो नारा रहेको छ।’

यो महोत्सव निर्देशक डब्बु क्षत्रीले आगामी मंसिरको दोस्रो साताबाट निर्णायक टिमले चलचित्र चयनको प्रक्रिया सुरु गर्ने छन् । चयन भएका चलचित्रहरूको विवरण मंसिरको अन्तिम साता सार्वजनिक गर्ने र माघको पहिलो साता यो महोत्सव आयोजना गरिने पनि क्षत्रीले जानकारी गराए । बिगत झैँ यस पटक पनि महोत्सवमा विदेशी चलचित्रकर्मीको सहभागिता हुने भएको छ। महोत्सवमा उत्कृष्ट भएका चलचित्र, कलाकार, प्राविधिकलाई अवार्ड समेत प्रदान गरिने भएको छ । क्षत्रीका अनुसार महोत्सवमा यस पटक नृत्य सम्बन्धी प्रशिक्षण, चलचित्रमा जेनजी पुस्ताबारे अन्तरक्रिया, मास्टर क्लास पनि आयोजना गरिने भएको छ । कलाकारको चित्र प्रदर्शनी पनि आयोजना गरिने भएको छ ।

Leave A Reply

Your email address will not be published.