
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘बाटुलो जून’को शीर्ष गीत रिलिज: भुवन केसीसँगै गरिमा पन्तको कमब्याक सरप्राइज
- ‘जलाकी’ को ट्रेलर सार्वजनिक : उपासना र सोनमको जोडीदेखि मिस सिक्किमको डेब्युसम्म चर्चामा
- ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’मा इभाको नृत्य
- गृह मन्त्रालयद्वारा अर्को निर्णय नभएसम्मका लागि एन–प्याब्सन निलम्बित
- बाढी प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना, बेपत्ता व्यक्तिको खोजी जारी
- तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ वटा स्टल रहने
- विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
- सोलुखुम्बुको गुडलक होटलमा आगलागी, दुई भवन पूर्णरूपमा जले
- विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधकः नेपाली सेना
- नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न, सीमा सुरक्षा र प्रविधिमैत्री व्यवस्थापनमा जोड
नेप्से परिसूचक १० अङ्कले बढ्यो
काठमाडौँ,
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६१ प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको रू १७ करोड ७९ लाख तीन हजार ४१३ बराबरको तीन लाख ४९ हजार ७४४ कित्ता शेयर किनबेच भएको छ ।