काठमाडौं :
सम्झना पाण्डे र प्रताप दासको युगल स्वर रहेको ‘तिम्रो बारे’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। डिपी खनालको शब्द रचना तथा कल्याण सिंहको संगीत रहेको गीतको म्युजिकभिडियो सार्वजनिक गरिएको हो।
म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र विकास लामिछानेको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् भने उत्सव दाहालको सिनेमाटोग्राफीले भिडियोलाई आकर्षक बनाएको छ। गीतको कोरियोग्राफी रोशन बिकेले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन्।