सुचना, समाचार र मनोरन्जन

अनिल बुढा मगरको ‘मितज्यू’ छायांकन सुरु, दयाहाङ राई फिचर्ड

काठमाडौं :

फिल्म ‘घरज्वाइँ’ का निर्देशक अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। निर्माण पक्षले वसन्त पञ्चमीको अवसरमा दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै पहिलो दृश्य खिचेर फिल्मको यात्रा सुरु गरेको जानकारी दिएको छ। निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो, जसको मुख्य छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा हुनेछ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर लगायत कलाकारहरूको अभिनय रहनेछ।

सहायक निर्देशकमा फिरोज खड्का, अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई, प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर शिशंखेल, द्वन्द्व निर्देशक प्रभात विष्ट, साउन्ड डिजाइनर नवीन श्रेष्ठ र संगीत श्रीकृष्ण बम मल्ल रहनेछन्। फिल्मलाई आरआर फिल्म्स ले वितरक गर्नेछ। निर्माण पक्षका अनुसार ‘मितज्यू’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउनेछ।

Leave A Reply

Your email address will not be published.