सुचना, समाचार र मनोरन्जन

नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित

 

काठमाडौं : नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन्।

 

विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित समारोहमा विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन्। तीमध्ये समारोहमा एक सय ९१ जनाको उपस्थिति थियो।

 

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरिन्। समारोहमा शिक्षाविद एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेका थिए। विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ।

Leave A Reply

Your email address will not be published.