सुचना, समाचार र मनोरन्जन

‘पाँच पाण्डव’ नेपालकै डल्बी एट्मस साउन्ड स्टुडियोमा काम हुने पहिलो सिनेमा

काठमाडौं :

चलचित्र ‘पाँच पाण्डव’ नेपालमै स्थापना भएको डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम हुने पहिलो सिनेमा बन्ने भएको छ। म्युजिक नेपालले हालै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा चलचित्रको सम्पूर्ण साउन्ड डिजाइन तथा मिक्सिङ गरिने निर्माणपक्षले जनाएको छ।

निर्माणपक्षका अनुसार चलचित्रको साउन्ड सम्बन्धी सम्पूर्ण काम डल्बी एट्मस प्रविधिमै सम्पन्न हुनेछ। यसका लागि चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले डल्बी एट्मस स्टुडियोसँग औपचारिक सम्झौता भइसकेको जानकारी दिए।

सम्झौता कार्यक्रममा डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मा, चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य तथा निर्देशक वसन्त निरौलाको उपस्थिति रहेको थियो। वसन्त निरौलाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त सम्पन्न भइसकेको छ। चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, सागर लम्साल (बले) लगायत कलाकारको अभिनय रहनेछ।

चलचित्र नामअनुसार धार्मिक कथामा आधारित नभई सोसल ड्रामा विधामा निर्माण हुने निर्माणपक्षले स्पष्ट पारेको छ। चलचित्रका महिला पात्रमा दीपाश्री निरौला र रजनी गुरुङ रहनेछन्।

काली रानी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। उनी चलचित्र ‘प्रसाद’का लेखक समेत हुन्। चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ तथा निर्माता काली रानी श्रेष्ठ रहेका छन्। केही महिनाभित्र छायांकन सुरु हुने चलचित्रका प्रोडक्सन म्यानेजर दिलिप पन्त रहेका छन्।

Leave A Reply

Your email address will not be published.