सुचना, समाचार र मनोरन्जन

प्रेम र पीडाको भाव बोकेको ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त…’ सार्वजनिक

काठमाडौं :

फिल्ममायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त…’सार्वजनिक गरिएको छ। गीतमा प्रोसेस पाण्डेको स्वर,अनिल खनालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ।

गीतको भिडियोमा त्रिबिक्रम सिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायत कलाकारको अभिनय देख्न सकिन्छ। पछिल्लो समय टिकटकमा चर्चा कमाइरहेको यस गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत सार्वजनिक गरिएको हो। राजु गिरीको कोरियोग्राफी रहेको गीतमा प्रेम सम्बन्ध, धोका र पीडाका भावहरू प्रस्तुत गरिएको छ।

प्रेमकथामा आधारित फिल्म ‘मायाको गाउँ’ मा त्रिबिक्रम सिंह राणा, शीतल केसी, नारायण पराजुली, ओसिन भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रितिका मगर र कृष्ण गदाललगायत कलाकारको अभिनय रहेको छ।

कमला पराजुली निर्माता रहेको फिल्मको निर्देशन कमला फिल्म्स टिमले गरेको हो। फिल्मको छायांकन रामेश्वर हुमागाइँले गरेका हुन् भने सम्पादन श्याम रानाले गरेका छन्। बिनोद बमको पब्लिसिटी डिजाइन रहेको चलचित्रको कलर ग्रेडिङ पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले गरेका हुन्। फिल्मका मुख्य सहायक निर्देशक सुचेन्द्र परियार हुन्। निर्मात्री पराजुलीका अनुसार फिल्म ‘मायाको गाउँ’ लाई २०८३ सालको सुरुवातमा दर्शकमाझ ल्याउने तयारी गरिएको छ।

Leave A Reply

Your email address will not be published.